संघीय संसद्को प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूको अवरोध जारी छ। झण्डै डेढ घण्टा ढिलो गरी सुरु भएको बैठक १० मिनेटमै स्थगित गरिएको छ।
सभामुखले बैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेससहित प्रतिपक्षी दलका सांसदहरू आफ्नो सिटबाट उठेका थिए। सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि सांसदहरूले विरोध जनाएपछि आज पनि बैठक स्थगित भएको छ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको विषयमा दलहरूबीच सहमति नजुट्दा संसदमा लामो समयदेखि अवरोध जारी छ। चर्काे नाराबाजीसहित विरोध हुँदै आएकाेमा आज भने संसदमा नाराबाजी कम सुनिएकाे छ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ १३ गते आइतबार बिहान ११ बजेलाई बोलाइएको छ।