सांग्रिला डेभलपमेन्ट बैंकले ले साइकलर्याली गर्ने भएको छ । बैंकले ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने नारासहित डेभलपमेन्ट बैंकर्स एसोसिएसन, बिवाइडी तथा अन्य संघ–संस्थासँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेको हो । साइकल र्यालीमा सहभागी हुन चाहनेलाई १६ जेठसम्म निःशुल्क दर्ता गरी सहभागिता सुनिश्चित गर्न बैंकले आग्रह गरेको छ ।
र्याली १९ जेठमा बिहान ७ बजेदेखि सानोगौचरन मैदानबाट सुरु भई नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रंगशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर पानीट्यांकी, पुरानोबानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट सानोगौचरन मैदानमा पुगी समापन हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार र्यालीमा सहभागी हुनेले टिसर्ट र भाग्यमानी एकजना सहभागीलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिनेछ ।