सेयर बजार लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ। आज नेप्से २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा पुगेको छ।
आज विकास बैंक र व्यापारबाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको सेयर उच्च अंकले उकालो लागेको छ।
आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन साइन रेसुंगा विकास बैंकको सेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ।
दोहोरो अंकले बजार बढेको दिन तीन सय १७ वटा कम्पनीका एक करोड ३२ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ। आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको २४ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएकाे छ।