नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक पुनः स्थगित भएको छ।
बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरू आफ्नो सिटबाट उठेका थिए। कांग्रेसको अवरोधपछि बैठक शुक्रबार दिउँसो १ः१५ बजेसम्मका लागि स्थगित गरिएको छ।
संसदीय छानबिन समिति गठनको विषयमा सहमति नजुट्दा यसअघि आज दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ः३० बजे बस्ने गरी स्थगित गरिएको थियो।