एमालेले मनायाे मदन–आश्रित स्मृति दिवस

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण

एमालेले आज मदन–आश्रित स्मृति दिवस मनाएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा आज मदन नगर बल्खुमा एक कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाइएको हाे । 

एमालेको पुरानो केन्द्रीय कार्यालय मदननगर बल्खुमा आयोजना गरिएको उक्त कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति रहेको थियो। मदन-आश्रितको सालिकमा माल्यार्पण गरेर स्मृति दिवस मनाइयाे ।

०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तलाई एमालेले आजसम्म पालना गर्दै आएको छ ।     
 


 

सुझावित समाचार