राष्ट्रिय सभामा कांग्रेसको अवरोध, प्रधानमन्त्रीले नीति तथा कार्यक्रम टेबल गर्न पाएनन्

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण
राष्ट्रिय सभामा कांग्रेसको अवरोध, प्रधानमन्त्रीले नीति तथा कार्यक्रम टेबल गर्न पाएनन्

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको राष्ट्रिय सभाको बैठक कांग्रेसले अवरोध गरेको हो।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र धन्यवाद प्रस्ताव टेबल गर्ने प्रयोजनका लागि बोलाइएको बैठक पुनः अवरुद्ध गर्ने निर्णय गरेको थियो।

सभाकाे दाेस्राे बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेका थिए। कांग्रेसको अवरोधपछि प्रधानमन्त्रीले राष्ट्रिय सभामा नीति तथा कार्यक्रम टेबल गर्न पाएनन्।

सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। अवराेधका कारण राष्ट्रिय सभाको बैठक जेठ ३ गते दिउँसो १ः१५ बजेसम्मका लागि स्थगित गरिएको छ।

सुझावित समाचार