ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन गरिने

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन तथा वितरण गर्न नीतिगत रूपमा बाटो खुला गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

विभिन्न अध्ययनले नेपालमा हाइड्रोजनको उत्पादन सम्भव देखाएको छ। सरकारले पनि हाइड्रोजन नीति लागू गरेको छ। त्यो अवस्थामा सरकारले आगामी आवको नीति तथा कार्यक्रममार्फत पनि यसलाई सम्बोधन गरेको हो।

सुझावित समाचार