प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने छलफलमा जुटेका छन्।

सिंहदरबारमा जारी छलफलमा संसदीय छानबिन समिति र सरकारको नीति तथा कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ।

सरकारले जेठ १ गते मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। तर, सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरोध गरिरहेको वेला सत्तागठबन्धनका प्रमुख दलका नेताहरू छलफलमा जुटेका हुन्।

सुझावित समाचार