नयाँ संसद् भवन निर्माणको सुस्त गति

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

तीनपटकसम्म म्याद थप्दा पनि काम नसकिएपछि सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद् भवनको निर्माण अवधि चौथोपटक थप्ने तयारी गरिएको छ ।

तेस्रोपटक थपिएको म्याद १५ चैतमा सकिँदासम्म भवन निर्माणको भौतिक प्रगति ७९ प्रतिशत मात्रै छ । अझै २१ प्रतिशत काम बाँकी रहँदा सरकार अन्तिमपटकका लागि भन्दै कम्तीमा ६ महिनादेखि एक वर्षसम्मको अवधि थप्ने तयारीमा छ । आयोजनाको वित्तीय प्रगति ६९ प्रतिशत मात्रै छ।

१ असोज ०७६ मा शिलान्यास भई अगाडि बढेको भवन निर्माण कार्य तीन वर्षभित्र सक्ने लक्ष्य थियो । लक्ष्यअनुसार १५ असोज ०७९ भित्रै निर्माण सम्पन्न गर्नुपर्नेमा आयोजनाको काम कोभिड महामारीले प्रभावित भएको भन्दै सरकारले ६–६ महिनाको हिसाबले तीनपटक म्याद थपेको थियो । थपिएको डेढ वर्षमा पनि ठेकेदार कम्पनी टुडी शेप जेभीले काम नसकेको हो । पाँच अर्ब ६८ करोड ३९ लाखमा ठेक्का भएको आयोजना ढिला हुँदा लागत बढ्ने जोखिम छ ।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार