सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

आज सुनको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३८ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला  एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकोमा आजका लागि भने  एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ ।  

चाँदीको मूल्य भने तोलामा १० ले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार सात सय २५ निर्धारण भएको छ ।     

See More On

सुझावित समाचार