गर्मीमा कस्तो मेकअप ?

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

फेसवासले मुख धुनुपर्छ । त्यसपछि मोस्चराइजर लगाउनुपर्छ । मोस्चराइजर प्रयोग गरेको केही समयपछि छाला नरम हुन्छ । त्यसपछि मात्रै प्राइमर लगाउनुपर्छ ।प्राइमरले छालालाई सुरक्षित बनाउन र मेकअपलाई लामो समय टिकाउन सहयोग गर्छ । 

गर्मीमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्रै टिक्छ । बरु, क्रिम प्रयोग गर्न सकिन्छ । लुज पाउडर पनि लगाउन सकिन्छ । जसले गर्दा फाउन्डेसन लामो समयसम्म टिक्ने र चिटिक्क देखिने हुन्छ । फाउन्डेसनको प्रयोग नगरी हलुका मेकअप गर्दा अझै राम्रो हुन्छ । 

आँखामा आइलाइनर प्रयोग गर्न सकिन्छ । हलुका गुलाबी र सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा पनि राम्रो देखिन्छ । दिउँसो बाहिर हिँड्दा सकेसम्म गाढा मेकअप नगर्नु नै वेश हुन्छ । यो छालाको स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो होइन । सनस्क्रिन क्रिम लगाउन बिर्सनुहुँदैन ।

See More On

सुझावित समाचार