‘होर्टिकल्चर एक्स्पो’मा अवलोकनकर्ताको भिड

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण

भृकुटीमण्डपमा जारी होर्टिकल्चर एक्स्पो (राष्ट्रिय बागवानी प्रदर्शनी मेला)मा नर्सरी, जडीबुटी तथा फूल पारखीहरूको भिड लागेको छ । एक्स्पोको दोस्रो दिन शनिबार झन्डै १५ हजारले अवलोकन गरेका छन् । मेलामा शनिबार करिब ३५ लाखबराबरको कारोबार भएको नर्सरी व्यवसायी संघले जनाएको छ ।

फूल फुल्ने र नफुल्ने सदाबहार, इन्डोरो प्लान्ट सबैभन्दा बढी ग्राहकको रोजाइमा परेको एक्स्पोमा स्टल राखेका नर्सरी व्यवसायीले बताएका छन् । जडीबुटीदेखि फूल, बिरुवा कृषिवनका सबै भेराइटीका प्लान्ट एकै ठाउँमा पाइने भएकाले मेला खोजी–खोजी आएको अवलोकनकर्ताको भनाइ छ । 

आकर्षक फूलहरूको सजावटका कारण फोटो–भिडियो, सेल्फी लिनेहरूको उत्तिकै भिड लागेको छ । नर्सरी व्यवसायमार्फत आय र रोजगार सिर्जना गर्न र व्यवसायीलाई प्रोत्साहन गर्न मेलाले महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष रामजीप्रसाद तिमल्सिनाले बताए ।  

See More On

सुझावित समाचार