चार करोडको कोकिन पेटभित्र राखेर ब्राजिलदेखि काठमाडौंसम्म

अन्तर्राष्ट्रिय लागुऔषध तस्कर गिरोहका दुई ब्राजिलियन सदस्य ठमेलबाट पक्राउ

शनिबार, १७ चैत, २०८०
डिजिटल संस्करण

काठमाडौंको ठमेलस्थित एक होटेलबाट कोकिनसहित दुई ब्राजिलियन नागरिक पक्राउ परेका छन् । एक किलो चार सय ५५ ग्राम कोकिनसहित ब्राजिलियन नागरिक लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस पक्राउ परेका हुन् । 
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । लारिसनलाई आठ सय ४० ग्राम र फर्नान्डालाई पाँच सय ५० ग्राम अवैध लागुऔषध कोकिनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ । अनुसन्धानका क्रममा दुवैले कोकिनका क्याप्सुलहरू निलेर पेटभित्र लुकाई ब्राजिलको सापाउलोबाट नेपाल ल्याएको खुलेको प्रहरीले जनाएको छ । होटेलमा बसेर दिसामार्फत ती कोकिन निकाल्दै गर्दा छापा हानी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेपछि उनीहरूको पेटमा थप क्याप्सुल हुन सक्ने देखिएपछि दुवैजनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६ वटा प्लास्टिकले र्यापिङ गरिएका क्याप्सुलभित्र कोकिन ६५ ग्राम बरामद भएको थियो । बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य चार करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको ब्युरोले जनाएको छ । 

ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार उनीहरू २३ मार्चमा ब्राजिलबाट उडेकोमा २५ मार्चमा नेपाल आएका थिए । शंका लागेर ब्युरोको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनीहरूलाई पछ्याएको थियो । विमानस्थलबाट ठमेल जाने क्रममा ट्याक्सीमै पुरानो होटेल बुकिङ रद्द गरेर नयाँ होटेलमा बुक गरेका थिए ।

घुम्न आएको बताउने उनीहरू होटेलबाट मेडिकलमा गमलगायत केही औषधि किन्न जानेबाहेक अन्यत्र निस्किएका थिएनन् । दुई दिनपछि छापा हानेर पक्राउ गर्दा कोकिन बरामद भएको एसएसपी थपलिया बताउँछन् । तर, उनीहरूले कसलाई सो कोकिन दिन ल्याएको थिए भन्ने विषयमा अझै खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा उनीहरू कोकिन बोक्ने भरिया मात्र भएको प्रहरी आकलन छ । 

नेपालमा ब्राजिललगायत दक्षिण अमेरिकी देशबाट कोकिन आउने अपराधको प्रवृत्ति नयाँ नभएको प्रहरी अधिकारी बताउँछन् । विगतमा पनि पटक–पटक यसरी कोकिन आएको छ । नेपालललाई ट्रान्जिट बनाएर अर्काे देश लैजान यहाँ ल्याउने प्रवृत्ति छ । तुलनात्मक रूपमा नेपालम यस्तो अपराधमा कम सजाय हुने र विमानस्थलमा स्क्रिनिङ बलियो नभएको आकलनका आधारमा अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाउँदै आएको छ । यसरी आउने कोकिन भारत तथा युरोपियन देशमा पुग्न गरेको छ ।

 पक्राउ परेका दुई ब्राजिलियन भरिया कि तस्कर ?
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार ब्राजिलियन नागरिक लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस २३ मार्चमा ब्राजिलबाट उडेकोमा २५ मार्चमा नेपाल आएका थिए । शंका लागेर ब्युरोको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनीहरूलाई पछ्याएको थियो । विमानस्थलबाट ठमेल जाने क्रममा ट्याक्सीमै पुरानो होटेल बुकिङ रद्द गरेर नयाँ होटेल बुक गरेका थिए ।

घुम्न आएको बताउने उनीहरू होटेलबाट मेडिकलमा गमलगायत केही औषधि किन्न जानेबाहेक अन्यत्र निस्किएका थिएनन् । दुई दिनपछि छापा हानेर पक्राउ गर्दा कोकिन बरामद भएको एसएसपी थपलिया बताउँछन् । तर, उनीहरूले कसलाई सो कोकिन दिन ल्याएका थिए भन्ने विषयमा अझै खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा उनीहरू कोकिन बोक्ने भरिया मात्र भएको प्रहरी आकलन छ । 

See More On

सुझावित समाचार