स्टिभ जब्सका विश्वचर्चित भनाइ

मंगलबार, १३ चैत, २०८०
डिजिटल संस्करण

- अमेरिकी कम्पनी एप्पलका संस्थापक स्टिभ जब्सको सन् २०११ मा निधन भएको थियो । आधुनिक प्रविधिलाई आकार दिनका लागि उनको सोचले महŒवपूर्ण भूमिका खेलेको छ । युवालाई उनका केही सुझाव यस्ता छन् । 
- कामले जीवनको ठूलो हिस्सा ओगट्छ । तसर्थ, मन परेको काम गर्नुस् । आफ्नो कामलाई माया गर्दा मात्रै यो काम राम्रो बन्न सक्छ । 
- भोको रहनुस्, मूर्ख रहनुस् । 
- जो मानिसमा दुनियाँ बदल्ने पागलपन हुन्छ, उसले बदल्न सक्छ । 
- समय सीमित छ । यसलाई अर्काको जीवन बाँच्नका लागि खेर नफाल्नुस् । 
- आफ्नो हृदय र आत्मालाई पछ्याउने साहस राख्नुस् । तपाईं साँच्चै के बन्न चाहनुहुन्छ भन्ने उनीहरूलाई राम्रोसँग थाहा छ । 
- आफ्नो भित्री आवाजलाई अरूको कोलाहलले दबिन नदिनुस् । 
- नयाँ काम गर्दा गल्ती हुन्छ । यसलाई तत्कालै स्विकार्नु राम्रो हुन्छ । त्यसपछि अर्को काम गर्दा सुधार ल्याउनुपर्छ । 

सुझावित समाचार