काठमाडौं उपत्यकाका विभिन्न विहारमा राखिएका करिब एक सय ४० वटा बुद्धहरू नागवाहःमा सम्यक महादान पर्व मनाउन राखिएको छ।
हरेक पाँच वर्षमा हुँदै आएको महादानका लागि ललितपुर, काठमाडाैं, भक्तपुर, कीर्तिपुर, चोभारका दीपंकर बुद्धको प्रतिमाहरूसहित, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा सबै जम्मा भएपछि बाजागाजासहित दीपंकर बुद्धका प्रतिमा नचाइँदै नागबहालमा पुर्याइएको हो।
फागुन शुक्ल तृतीयाको दिन सुरु हुने यो पर्व ‘दीपंकर पर्व’ नामले समेत प्रचलित छ। सात सय वर्षदेखि निरन्तर चलिरहेको यो परम्परा १८६१ सालसम्म हरेक वर्ष आयोजना हुँदै आएको थियो।
त्यसपछि बजेट अभावका कारण हरेक पाँच वर्षमा आयोजना हुँदै आएको छ। यसपालिको आयोजना चार सय ७३औँ सम्यक आयोजना हो।
तस्बिरहरू :
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)
.jpg'_'.2024-03-14.jpg)