सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको पब्लिक डाइरेक्टरमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनको ३०औँ वार्षिक साधारणसभाबाट उनी पब्लिक डाइरेक्टरमा नियुक्त भएका हुन् ।
केडिया लामो समयदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाको विभिन्न पदमा रही काम गर्दै आएका थिए ।
उनको संलग्नतामा कम्पनीले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बिमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।