कर्णाली पुलमाथि गुडिरहेकाे ट्रकमा आगलागी, पुलका केही लट्ठामा क्षति

सोमबार, २८ फागुन, २०८०
डिजिटल संस्करण

बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लट्ठामा समेत क्षति पुगेकाे छ। 

सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना प ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी भएको थियो। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिकाको दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो लाग्नुको कारण भने खुलेको छैन। 

तस्बिर : सामाजिक सञ्जाल 

सुझावित समाचार