खण्डहर बन्दै विरासत बोकेको संसद् भवन

शनिबार, २६ फागुन, २०८०
डिजिटल संस्करण

०७२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारस्थित पुरानो संसद् भवनको आठ वर्ष बित्दा पनि प्रबलीकरण हुन सकेको छैन । देशको संसदीय राजनीतिको विरासत बोकेको तथा इतिहास बोल्ने संरचना संरक्षणमा राज्यले नै उपेक्षा गरेको छ । 

विसं १९६५ मा बनेको पुरानो संसद् भवनमा ०१५ सालको निर्वाचनपछि संसद् बस्न थालेको थियो। राष्ट्रिय पञ्चायत हुँदै ०६३ मा पुनर्स्थापित प्रतिनिधिसभा पनि यसै भवनमा बस्यो। राज्यले संरक्षणमा ध्यान नदिँदा इतिहास बोकेको संरचना खण्डहर बन्दै छ।

यो भवन अहिले संसद् सचिवालयका पुराना फर्निचर र काम नलाग्ने कागजात राख्ने ठाउँ बनेको छ। भित्तादेखि झ्यालढोकासम्ममा झार उम्रिएको छ। लामो समयसम्म पुनर्निर्माण नहुँदा चर्किएका भित्ताबाट इँटा र भवनका खम्बाहरूको प्लास्टर खस्दै गएको छ। भित्र मुसाको बिगबिगी छ। भवनको अवस्था दिन प्रतिदिन बिग्रिँदै जाँदा राज्यको सम्पत्ति उपयोगविहीन मात्र भएको छैन, कवाडखाना बन्दै छ।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार