संसद् पुग्याे संघीय निजामती विधेयक

सोमबार, २१ फागुन, २०८०
डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयक प्रतिनिधिसभामा बुझाएको छ।

विधेयकको साथमा सैद्धान्तिक अवधारणा र कानुन मन्त्रालयको चिठी नआएकाले दर्ताको प्रक्रियामा रहेको विधेयक शाखाले जनाएको छ।

नियमावलीबमोजिम आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेको प्रवक्ता एकराम गिरीले जानकारी दिए। कागजात पुगेपछि साँझसम्म दर्ता हुने सचिवालयले जनाएको छ।

सुझावित समाचार