अफिस ड्रेसमा स्टाइलिस देखिने उपाय

शुक्रबार, १८ फागुन, २०८०
डिजिटल संस्करण

- फर्मल वेस्टर्न कोट–पाइन्ट लगाउन सकिन्छ । महिलालाई डार्क कलरको कोट–पाइन्ट सुहाउँछ । जस्तै, ब्ल्याक कोट–पाइन्ट, ग्रे कोट–पाइन्ट लगाउन सकिन्छ । फुल सिल्भ भएको कपडा लगाउनुपर्छ । धेरै साइनिङ भएको कपडा लगाएर जानुहुँदैन । 

- जुत्ता नर्मल हिल भएको लगाउनुपर्छ । ठूलो खालको हिल राम्रो हुँदैन । गरगहना नलगाउनु राम्रो हुन्छ । सिम्पल मेकअप गर्नुपर्छ । पफ्र्युम हल्का लगाउन सकिन्छ । हातमा घडी लगाउँदा स्मार्ट देखिन्छ ।

- महिलाले जागिरमा जाँदा लाइट कलरका कुर्ता लगाउनु राम्रो हुन्छ । जस्तै, ह्वाइट, हल्का एल्लो, हल्का पिंक, हल्का ग्रिन, हल्का ब्लु खालका कुर्ता लगाएर जान सकिन्छ । 

- त्यसैगरी, साडी लगाएर जान पनि सकिन्छ । साडी लाइट कलरको लगाउँदा राम्रो देखिन्छ । ठूलो–ठूलो प्रिन्ट भएका, धेरै हेभी साडी लगाउनुहुँदैन । सादा, हल्का, नर्मल खालका साडी लगाउन सकिन्छ । ब्लाउज पनि नर्मल र सिम्पल खालको लगाउनुपर्छ । 

- पुरुषलाई सेतो सर्ट सुहाउँछ । सकेसम्म फुल सिलिफको सर्ट लगाउनुपर्छ । लाइट कलरको सर्टमा डार्क कलरको पाइन्ट म्याच गर्छ । फर्मल कपडामा आइरन लगाउनु राम्रो हुन्छ । बटम राम्रोसँग लगाएको हुनुपर्छ । टाई लगाउँदा थप राम्रो देखिन्छ । 

सुझावित समाचार