नेदरल्यान्ड्सको आक्रमण जारी, १६ ओभरमै बन्यो १५० रन

बुधबार, १६ फागुन, २०८०
डिजिटल संस्करण

टी–२० आई त्रिकोणीय शृंखलामा नेपालविरुद्ध नेदरल्यान्ड्सले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । नेपाली बलरहरूले विकेट लिन नसक्दा नेदरल्यान्ड्सका ब्याटर ठुल्ठूला सट प्रहार गरिरहेका छन् । 

१६ ओभरमा नेदरल्यान्ड्सले तीन विकेट गुमाएर एक सय ५० रन बनाइसकेको छ । नेदरल्यान्ड्सले गुमाएका तीनमध्ये दुई रनआउट भएका हुन् । दुवै रनआउटमा दीपेन्द्रसिंह ऐरीले बल थ्रो गरेका थिए । 

यतिवेलासम्म नेदरल्यान्ड्सले नेपाली बलरविरुद्ध चार छक्का र १४ चौका प्रहार गरिसकेका छन् । अहिले क्रिजमा साइब्रान्ड एंगलब्रेक्ट २९ बलमा ४२ रन बनाएर खेलिरहेका छन् । 

सुझावित समाचार