ग्लोबल आइएमईको काउन्टर पशुपति क्याम्पसमा

आइतबार, १३ फागुन, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 

यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरको संख्या ६५ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्नेलगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुनेछन् ।

बैंकले देशभरका तीन सय ५५ शाखा कार्यालय, तीन सय ७८ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आइरहेको छ । 

सुझावित समाचार