नेपाललाई पाँचौँ सफलता, कुशल भुर्तेलले पठाए नामिबियाका कप्तानलाई पेभेलियन

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण
नेपाललाई पाँचौँ सफलता, कुशल भुर्तेलले पठाए नामिबियाका कप्तानलाई पेभेलियन

नामिबियाका कप्तानको विकेट लिएपछि खुसी मनाउँदै कुशल भुर्तेललगायत । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियालाई पाँचौँ झड्का लागेको छ । पछिल्ला खेलमा अलराउन्डर भूमिकामा देखिएका कुशल भुर्तेलले नेपालका लागि पाँचौँ सफलता दिलाएका छन् । 

उनले अर्धशतक बनाएर नामिबियालाई जिततर्फ अग्रसर गराइरहेका कप्तान इरस्मुसलाई ५२ रनको अवस्थामा आउट गरे । कुशलको बललाई स्विप सट प्रहार गरेका इरस्मुसलाई करण केसीले डाइभिङ क्याच गर्दै पेभेलियन पठाए । 

५६ बलमा दुई छक्का र आठ चौका प्रहार गरिसकेका कप्तानले नामिबियाको इनिङ्समा एक इन्डबाट महत्वपूर्ण भूमिका निभाइरहेका थिए । ताजा अवस्थामा नामिबियाले २३ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर एक सय तीन रन बनाएको छ । 

सुझावित समाचार