देशमा हुतिहारा प्रधानमन्त्री, नैतिकहीन मन्त्री छन् : ओली

मंगलबार, ८ फागुन, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले सरकारले दोषी करार गरिसकेको मन्त्रीलाई कारबाही गर्न नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको नेतृत्व गरिरहेको बताएका छन्।

पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन्। 

‘सरकारले बनाएको छानबिन समितिले बालकुमारीमा युवा मारिनुमा मन्त्रीलाई दोषी किटान गरिसकेको छ, तर न नैतिकहीन मन्त्रीले राजीनामा दिन्छन् न हटाइन्छ,’ ओलीले भने, किनभने मन्त्री नैतिकहीन छन्। हुतिहारा प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहेका छन्।’ 

बैंकसमेत सहकारीकै हालतमा पुग्ने हो कि भन्ने गम्भीर आशंका जन्मिएको भन्दै ओलीले सिंगाे देश अहिले सत्तारूढ गठबन्धनको असक्षमताले पीडित बनिरहेको पनि दाबी गरे।

सुझावित समाचार