१८ रन जोड्दा नेदरल्यान्ड्सको दोस्रो विकेट

आइसिसी विश्वकप लिग–२

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण
१८ रन जोड्दा नेदरल्यान्ड्सको दोस्रो विकेट

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नेपालले दोस्रो विकेट लिएको छ । ओपनर म्याक्स ओ डावड १० रन बनाएर रन आउट भएका छन् । २१ बल खेलेका उनलाई भिम सार्कीबाट ललितनारायण राजवंशीले  रन आउट गराएका हुन् । 

६ ओभर सकिँदा नेदरल्यान्ड्स १८ रन जोडेर खेलिरहेको छ । यसअघि बलर सोमपाल कामीले नेदरल्यान्ड्सका मिचल लेभितलाई तेस्रो बलमै देव खनालबाट क्याच गराएका हुन् । 

कीर्तिपुर मैदानमा नेपाल पहिलो पटक नेदरल्यानड्ससँग खेलिरहेको छ । हालसम्म नेपाल र नेदरल्यान्ड्स चार पटक प्रतिस्पर्धा गर्दा नेदरल्यान्ड्सले दुई तथा नेपालले एक पटक खेल जितेका छन् । एक खेल नतिजाविहिन भएको छ ।

सुझावित समाचार