नेपालले आइसिसी विश्वकप लिग– २ अन्तर्गत नामिबियाविरुद्ध खराब ब्याटिङ क्रम जारी नै राखेको छ। नेपालले आठौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको छ।
इरास्मुसले गुल्सनलाई क्लिन बोल्ड गरेका हुन्। गुल्सनले ३१ बलमा तीन चौकाको सहयोगमा २१ रनको योगदान दिए। उनी आउट हुँदा नेपालले ३१.१ ओभरमा १०६/८ को स्थितिमा रह्यो।
यसअघि नेपालले नामिबियाविरुद्ध सय रन पूरा गरेको थियो। नेपालले २९.१ ओभरमा सय रन कटाएको हो। पहिलो ब्याटिङ गरेको नेपालले नामिबियाविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न चुकेको छ। ३० ओभरको समाप्तिसम्म नेपालले सात विकेटको क्षतिमा एक सय ४ रन जोडेको छ।
क्रिजमा गुल्सन झाले २९ बलमा तीन चौकाको सहयोगमा २० रन जोडेका छन्। पवन सर्राफले आठ बलमा दुई रन बनाएका छन्।
नेपालको ब्याटिङ इनिङ्स कमजोर बनाउनमा नामिबियाका तीनजना बलरले घातक बलिङ गरेका छन्। रुवेल ट्रम्पेल्मानले सात ओभरमा १९ रन खर्चेर दुई विकेट लिएका छन्। ज्याक ब्रसेलले पाँच ओभरमा एक मेडन राखी ११ रन खर्चंदै दुई विकेट लिए। यसैगरी, गेहार्ड इरास्मुसले ६ ओभर बलिङ गरी २१ रन खर्चंदै चार विकेट हात पारेका छन्।
नेपालको कमजोर ब्याटिङमा शीर्ष चार खेलाडीले दोहोरो रन नै बनाएनन्। ओपनर कुशल भुर्तेल इनिङ्सको पहिलो बलमै गोल्डेन डक आउट भए। आसिफ शेखले चार रन, अनिल शाहले आठ रन, कप्तान रोहितकुमार पौडेलले एक रन बनाएका थिए।
मध्यक्रममा भीम सार्कीले कुशल मल्लसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै नेपालको ब्याटिङ उकासेका थिए। तर, सेट भइसकेका भीमले आफ्नो विकेट एलबिडब्लूका रूपमा गुमाए। उनले ८६ बलमा ४४ रन बनाए।