नेपालले कुशल मल्लको विकेट गुमायो

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

दोस्रो संस्करणको आइसिसी विश्वकप लिग– २ को पहिलो शृंखलामा नेपालले बिहीबार त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । शृंखलाको पहिलो खेलमा पहिलो ब्याटिङ गरेको नेपालले नामिबियाका फास्टबलरको सामना गर्न नसक्दा कमजोर सुरुवात गरेको छ ।

नेपालले इनिङ्सको पहिलो बलमै कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो । त्यसपछि निरन्तर रूपमा नेपाली ब्याट्सम्यान नामिबियाका बलरविरुद्ध संघर्ष गरिरहेका देखिन्छन् । 

नामिबियाविरुद्ध २० ओभरको खेल समाप्तिसम्म नेपालले पाँच विकेटको नोक्सानीमा ६७ रन जोडेको छ । भीम सार्कीलाई क्रिजमा गतिलो साथ दिइरहेका कुशल आउट साइड ऐज लागेर लुन्गामेनीबाट क्याचआउट भए । कुशलले १५ रन बटुल्न २२ बलमा समान एक चौका र छक्का प्रहार गरेका थिए । भीम र कुशलबीच पाँचौँ विकेटका लागि ४४ रनको साझेदारी भएको थियो । क्रिजमा अहिले सोमपाल कामी आएका छन् । 

नामिबियाका लागि रुवेन ट्रम्पेल्मानले पाँच ओभरमा १३ रन खर्चेर दुई विकेट लिएका छन् । ज्याक ब्रसेलले पाँच ओभरमा ११ रन खर्चेर दुई विकेट हात पारे । ग्रेहार्ड इरास्मुसले एक ओभरमा एक विकेट लिए ।
 

सुझावित समाचार