कपिलवस्तु बस दुर्घटना : मृत्यु हुनेमा सात पुरुष र तीन महिला (अपडेट)

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात पुरुष र तीन महिला रहेको प्रहरीले जनाएको छ । यस्तै ३० जना घाइते भएका छन् ।

मृतक १० जनामध्ये हालसम्म एकजनाको मात्र सनाखत भएको छ । घाइते भएकामध्ये नौजनाको बुटवलको सौराहा अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा परेर घाइते भएका बाँकी सबैको चन्द्रौटास्थित सञ्जीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिश भण्डारीले जानकारी दिए । 

बुटवल रिफर भएका घाइते
१. ओखलढुंगा घर भई गरुडध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोकबहादुर कार्कीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको सिरिया सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको छ।

२. बसचालक कञ्चनपुर भीमदत्त नगरपालिका– ४ बस्ने वर्ष ४० को पूर्णबहादुर चन्दको बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् उनलाई थप उपचारका लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको छ ।  

३. कैलालीको बेवेलडाँडी नगरपालिका– १ बस्ने वर्ष २४ को महेश सुनारको दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । सञ्जीवनीमा प्राथमिक उपचारपश्चात् हाल उनलाई चौराहा अस्पताल बुटवल रिफर गरिएको छ । 

४. बाँके राप्ती सुनारी गाउँपालिका– २ बस्ने वर्ष २३ को सुशील कुँवरको  दाहिने खुट्टामा चोट लागेको छ । उनको हाल चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

५. गुल्मीको मालिका गाउँपालिका– ७ बस्ने वर्ष २९ को अर्जुन कार्कीको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उनको पनि चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

६. कञ्चनपुरको  भीमदत्त नगरपालिका– १८ बस्ने  वर्ष २८ को सन्तोष चौधरीको अनुहार र छातीमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।  

७. सहचालक कञ्चनपुर महेन्द्रनगर नगरपालिका– १८ बस्ने वर्ष ३५ का केशव हमालको टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उनको हाल चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

८. बैतडी मेनौली नगरपालिका– १ बस्ने वर्ष २२ का राजेश दयालको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको पनि चौराहा अस्पताल बुटवलमा उपचार जारी छ । 

९. कञ्चनपुर महेन्द्र नगर नगरपालिका– १ बस्ने वर्ष १८ का नितेश सुनारको दुवै हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

चन्द्रौटा  कपिलवस्तुको विभिन्न अस्पतालमा उपचार भइरहेका घाइते
१०. गोरखा सहिद लखन गाउँपालिका– ७ बस्ने वर्ष ३० का मनोज विकको शरीरमा बाहिरी चोट देखिएको छैन । उनको अवस्था सामान्य रहेको छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

११. दार्चुला सैलेश शिखर नगरपालिका– ३ दार्चुला बस्ने वर्ष २४ का नवीन भट्ट नेपालीको ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१२. कञ्चनपुरको भीमदत्त नगरपालिका– १४ बस्ने वर्ष ३३ की गीता कुँवरको कम्मरमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१३. निजको छोरा वर्ष १२ को नवीन कुँवरको निधारमा चोट लागेको छ । उनको पनि अवस्था सामान्य छ । हाल उनको  उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१४. ओखलढुंगा झारपुर गाउँपालिका वडा नम्बर नखुलेको वर्ष १९ को बिसन भुजेलको निधारमा चोट लागेको छ । उनको अवस्था समान्य छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१५. कञ्चनपुरको शुक्ला फाँटा नगरपालिका– ११ बस्ने वर्ष ३१ को मोहनसिंह लोहारको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१६.  काठमाडौं महानगरपालिका– ३ बस्ने वर्ष ४१ को  अनिल तन्डुकारको  निधार, छाती र बायाँ हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ । 

१७. कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ बस्ने वर्ष ५४ की नारायणी थापाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

१८. कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ वबस्ने वर्ष २८ को  दीपेन्द्र बोहराको दहिने हात र निधारमा चोट लागेको छ ।  उनको अवस्था मध्यम छ। 

१९. कैलालीको लम्कीचुवा नगरपालिका– १  बस्ने  वर्ष २७ की रेखा आचार्यको दाहिने खुट्टा र अनुहारमा चोट लागेको छ । अवस्था मध्यम छ ।

२०. कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ बस्ने वर्ष ४१ की शान्ति सिंहको अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।

२१. कैलालीको गेरुवा गाउँपालिका– ४ बस्ने वर्ष ३२ को गणेश काफ्लेको दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि  मध्यम छ ।

२२. निज (गणेश)की श्रीमती वर्ष २७ की रेखा आचार्यको शरीरको भित्री भागमा चोट लागेको छ । उनको पनि अवस्था सामान्य नै छ।

२३. निजको छोरी वर्ष ३ की श्रृष्टि काफ्लेको टाउकोमा चोट लागेको छ ।  अवस्था सामान्य छ।

२४. भारतको उत्तर प्रदेश मुद्रावास बस्ने वर्ष ३५ को मोहम्मद रिजनको बायाँ खुट्टमा चोट लागेको छ । उनको अवस्था मध्यम छ । उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ । 

२५. भारतको उत्तर प्रदेश मुद्राबास बस्ने वर्ष ५४ को अनिश मनियारको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम छ।

२६. धादिङको सिप्ले गाउँपालिका– २ बस्ने वर्ष २५ को कृष्ण नेपालीको अनुहार र छातीमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।

२७. कञ्चनपुरको भीमदत्त नगरपालिका– १९ बस्ने वर्ष २० को सुमन विष्टको अनुहार र ढाडमा चोट लागेको छ । उनको अवस्था सिरियस छ । 

२८.  कञचनपुरको भीमदत्त नगरपालिका– १ बस्ने वर्ष २० को मनोजसिंह धामीको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य छ।

२९. कञ्चनपुरको भीमदत्त नगरपालिका– १ बस्ने वर्ष २० को अशोक सिंहको अवस्था पनि सामान्य नै छ ।

३०. कञ्चनपुर भीमदत्त नगरपालिका– ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पालको बाहिरी चोट नदेखिएकोले अवस्था सामान्य नै छ । 

दुर्घटनामा परेर मृत्यु हुने
३१. नाम थर वतन नखुलेको वर्ष अन्दाजी २५–२६ को पुरुषको बिहान ५:२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ । 

३२. नाम थर वतन नखुलेको वर्ष अन्दाजी २५/२६ को पुरुषको बिहान ५:२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा मृत्यु भएको छ । 

३३. रौतहत पहुराही नगरपालिका– ३ बस्ने वर्ष ४६ को नारायणबहादुर भण्डारीलाई बिहान ०६:२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ ।

सुझावित समाचार