एकदिवसीय बाइल्याट्रल सिरिजको अन्तिम खेलमा अहिले नेपाल र क्यानडा भिडिरहेका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेलमैदानमा फिल्डिङ गरिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ ।
कुशलले चौथो नम्बर क्रिजमा आएका निकोलस किर्टनको विकेट लिएका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा कुशलको नाममा पहिलो विकेट आएको हो । ४.१ ओभरमा उनले १२ बलमा तीन रन बनाइरहेका किर्टनलाई आउट गरेका हुन् ।
१८.१ ओभरमा क्यानडाले ७४ रन बनाएको छ । त्यसअघि आकाश चन्दले १३.६ ओभरमा ५५ रनको अवस्थामा श्रीमन्थ विजयरत्नेलाई आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।
