रावा बैंकले १.२० प्रतिशत प्रिमियममै घरकर्जा दिने

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंकले घर खरिद, घर निर्माण तथा जग्गा खरिदका लागि ‘मेरो घरकर्जा’ नामक नयाँ कर्जा योजना ल्याएको छ । बैंकले बेसरेटमा एक दशमलव २० प्रतिशत मात्र प्रिमियम जोडेर पाँच करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।

जसअनुसार हाल बैंकको बेसरेट ८ दशमलव २५ प्रतिशत रहेकाले उक्त कर्जा ९ दशमलव ४५ प्रतिशतमै पाइने बैंकले जनाएको छ । उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम ल्याइएको उक्त योजनाअनुसार बढीमा २० वर्षका लागि कर्जा लिन सकिने उल्लेख छ । मासिक किस्ताबन्दीमा भुक्तानी गर्नुपर्ने उक्त कर्जा बैंकका देशभरका सबै शाखाबाट प्राप्त हुने जनाइएको छ । 

सुझावित समाचार