प्रहरीले कञ्चनपुरका दुई पत्रकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई शनिबार पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले उनीहरूविरुद्ध विद्युतीय कारोबार (साइबर क्राइम)मा उजुरी परेपछि पक्राउ गरेको बताए । प्रहरी निरीक्षक बिनु शाहीको यातना सहन नसकी प्रहरी जवान नरेन्द्रनाथले राजीनामा दिएको विषयमा पत्रकारद्वय भट्ट र कुँवरले सामाजिक सञ्जालमा लेख्दै आएका थिए ।