हङकङ आठ विकेटले पराजित

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण

हङकङलाई आठ विकेटले हराउँदै आइसिसी महिला प्रिमियर कप २०२४ मा नेपालले सानदार सुरुवात गरेको छ । मलेसियामा जारी प्रतियोगितामा पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै नेपाललाई ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर ९५ रन बनाएको हो ।

नेपालको ब्याटिङ इनिङ्समा कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाइन् । उनले ३३ बलमा तीन चौका र एक छक्का हिकाइन् । ओपनर सीता रानामगर ३६ रनमा अविजित रहिन् । उनले ३८ बलमा समान एक चौका र छक्का प्रहार गरिन् । यसअघि ओपनर कविता कुँवर चार रनमा आउट भइन् । कुँवर आउट हुँदा नेपाल सुरुमै दबाबमा आएको थियो । दोस्रो विकेटका लागि इन्दू र सीताबीच ५९ बलमा ७६ रनको बलियो साझेदारी भएको थियो । यही साझेदारीका कारण नेपाल सहज जिततर्फ अग्रसर भयो । 

हङकङको खराब ब्याटिङ
कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी थिइन् । सुरुवाती ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९३ रन बनायो । हङकङको इनिङ्समा कप्तान चान का यिङ केरीले सर्वाधिक २१ रन बनाएकी हुन् । त्यस्तै, मार्यम बिबीले १९, यम्सिन दास्वनीले १५, ओपनर नातसा मिलेसले ११ रनको योगदान गरे । नेपालका लागि पूजा महतो र पूर्वकप्तान रुविना क्षेत्रीले समान दुई विकेट लिएका थिए । कविता जोशी र सीता रानामगरको नाममा समान एक विकेट रह्यो । 

See More On

सुझावित समाचार