क्यानाडाले टस जितेर ब्याटिङ गर्ने, आकाशको डेब्यु

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण

नेपालविरुद्धको दोस्रो खेलमा क्यानाडाले टस जितेर सुरुवाती ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन्। नेपालले सुरुवाती बलिङ गर्नेछ। 

दोस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ। आकाश चन्दले डेब्यु गरेका छन्। अनिल शाह र देव खनालले पुनरागमन गरेका छन्। 

क्यानाडाका कप्तान साद बिन अफर पहिलो खेल जित्ने लक्ष्यमा छन्। क्यानाडाविरुद्धको पहिलो खेल नेपालले ७ रनले जितेको थियो। आजको पनि जित निकाल्दै नेपाल एक खेलअघि नै शृंखला जित्ने लक्ष्यमा छ। क्यानाडा भने नेपाललाई रोक्ने लक्ष्यमा छ।
 

सुझावित समाचार