क्यानडालाई दोस्रो क्षति, सोमपालले लिए विकेट

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण
क्यानडालाई दोस्रो क्षति, सोमपालले लिए विकेट

क्यानडाका ब्याटरको विकेट लिएपछि खुसी मनाउँदै नेपाली क्रिकेटर । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल–क्यानडा बाइल्याट्रल सिरिजअन्तर्गत अहिले नेपाल र क्यानडाबीचको पहिलो म्याच चलिरहेको छ । त्रिवि खेलमैदानमा दुई सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ । 

नेपाललाई तीव्रगतिका बलर सोमपाल कामीले दोस्रो सफलता दिलाएका हुन् । सोमपालले ओपनर आरोन जोनसनलाई २० रनको व्यक्तिगत अवस्थामा एलबिडब्लू धरापमा पारे । 

१५ बलको सामना गरेका आरोनले विस्फोटक सुरुवात गर्दै एक छक्का र तीन चौका प्रहार गरिसकेका थिए । उनी आउछ हुँदा क्यानडाले ६ ओभरको समाप्तिमा ३५ रन बनाएको थियो । ताजा अवस्थामा भने उसले आठ ओभरमा दुई विकेटको क्षतिमा ४३ रन बनाएको छ । 

सुझावित समाचार