रिजनलाई डेब्यु विकेट

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण
रिजनलाई डेब्यु विकेट

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल–क्यानडा बाइल्याट्रल सिरिजअन्तर्गत अहिले चलिरहेको पहिलो एकदिवसीय म्याचमा बलर रिजन ढकालले डेब्यु विकेट लिएका छन् । 

पहिलोपटक राष्ट्रिय टोलीबाट खेलिरहेको रिजनले क्यानडाका ओपनर नाभनित धलिवाललाई ६ रन बनाउँदा आरिफ शेखबाट क्याचआउट गराएका हुन् । 

१० बल खेलेका धलिवालले एक चौका प्रहार गरेका थिए । रिजनले आफ्नो पहिलो बलको पाँचौँ बलमा ओभर झारेका हुन् । क्यानडाले १९ रन बनाउँदा पहिलो विकेट गुमायो । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै दुई सय २४ रन बनाएपछि क्यानडा जवाफी ब्याटिङमा छ ।

सुझावित समाचार