आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा भारतले नेपाललाई जितका लागि दुई सय ९८ रनको चुनौती दिएको छ।
दक्षिण अफ्रिकाको माङगाउगङ ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनायो।
भारतका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए। उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे।
कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए। त्यसैगरी आदर्श सिंहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए। मुसहिर खानले अविजित नाै रन बनाए।
नेपालका लागि गुल्सन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे।