शिक्षण अस्पतालमा पहिलाेपटक नेपाली चिकित्सककाे नेतृत्वमा कलेजो प्रत्यारोपण, अध्यक्ष ओलीले दिए बधाई

बिहिबार, १८ माघ, २०८०
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा नेपाली चिकित्सकको टोलीले पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएको छ। 

आठ वर्षअघि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणका लागि विदेशी डाक्टर आउनुपर्ने बाध्यता थियो। कलेजो प्रत्यारोपणको नेतृत्व प्राध्यापक डा. रमेशसिंह भण्डारीले गरेका थिए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले कलेजो प्रत्यारोपणको सफल नेतृत्व गरेका डा. भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएका छन्। 

उनीहरूले नुवाकोटका ४१ वर्षीय बिरामीलाई बिरामीकी श्रीमतीको कलेजो प्रत्यारोपण गरेका थिए । प्राध्यापक डा. भण्डारीका अनुसार कलेजो प्रत्यारोपित बिरामीका श्रीमान्–श्रीमती नै आज डिस्चार्ज भइसकेका छन्। 

‘कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा. रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएँ। उहाँहरूले नुवाकोटका ४१ वर्षीय बिरामीलाई बिरामीकी श्रीमतीको कलेजो प्रत्यारोपण गर्नुभएको थियो,’ ओलीले लेखेका छन्,  ‘प्राध्यापक डा. भण्डारीले आज बताउनुभएअनुसार कलेजो प्रत्यारोपित बिरामीका श्रीमान्–श्रीमती नै आज डिस्चार्ज भइसक्नुभएको छ। डा. भण्डारी र उहाँको टिमलाई यस सफलताका लागि बधाई।’ 

सुझावित समाचार