मन्त्री उपस्थित नभएपछि शिक्षा समिति बैठक स्थगित

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक मन्त्रीको अनुपस्थितिका कारण स्थगित भएको छ।

बिहान ११ बजे बोलाइएको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची थियो।

संशोधनकर्ता एमालेका रघुजी पन्तले मन्त्रीविना विधेयकमा छलफल चलाउन नियमले नमिल्ने भनेपछि सभापति भानुभक्त जोशीले बैठक स्थगित गरे।

सञ्चारमन्त्री रेखा शर्मा बिरामी भएका कारण उपस्थित हुन नसकेको सभापति जोशीले जानकारी गराएका थिए।

सुझावित समाचार