फेडेरल र निर्माबीच दीर्घकालीन सहकार्य गर्ने समझदारी

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

 फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबिएल) र नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा)बीच सम्झौता भएको छ । सम्झौतापत्रमा एफआरबिएलका प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा निर्माका अध्यक्ष डा. रवीन्द्र घिमिरेले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

सम्झौतअनुसार बिमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमका लागि दीर्घकालीन सहकार्य हुनेछ ।

सुझावित समाचार