वरिष्ठ गायक वैद्यको निधन

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यको गएराति निधन भएको छ । लामो  समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनकाे सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा राति  १२:३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही समय नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका उनी पछिल्लो समय पक्षघातसम्बन्धी समस्यासमेत झेलिरहेका थिए । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए । वि.सं. २००३ मा नरदेवीमा जन्मिएका उनकाे पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् ।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका  साहित्यकार वैद्यका विभिन्न कृतिसमेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा  छन् । 

सुझावित समाचार