बम्जनले भने– मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरे

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण
बम्जनले भने– मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरे

मंगलबार राति बुढानीलकण्ठ नगरपालिका– ६ टनगाउँस्थित निजी निवासबाट पक्राउ गरिएका रामबहादुर बम्जनलाई बुधबार सार्वजनिक गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली । तस्बिर : संजित परियार/नयाँ पत्रिका

कक्षा ५ सम्म पढेका रामबहादुर बम्जनसँग सम्मोहन गर्न सक्ने विलक्षण क्षमता छ । पक्राउपछि प्रहरीले उनीसँग सोधपुछ गरेको थियो । प्रहरीले यसक्रममा आश्रममा भएको बलात्कार, अनुयायी बेपत्ताजस्ता गम्भीर अपराधबारे केरकार गरेको थियो । उनले बयानमा घटनाको सहजै इन्कार गरेका थिए ।

‘कसैलाई बलात्कार गरेको छैन । यौन दुराचार गरेको आरोप सरासर गलत हो । मेरो आश्रममा कोही बेपत्ता भएका छैनन् । यहाँले बेपत्ता भएका जसको नाम लिनुभयो, उनीहरूको जिम्मा म कसरी लिन सक्छु ? संसारमा दैनिक हजारौँ मान्छे बेपत्ता भएका होलान्, ती सबैको जिम्मा म लिन सक्छु ?’ उनको प्रतिप्रश्न थियो ।

सोधपुछका क्रममा निर्धक्क देखिएका बम्जनले आफूलाई प्रहरीले खोजिरहेको थाहा नै नभएको बताए । ‘प्रहरीले खोजिरहेको छ भन्नेबारे थाहै थिएन । थाहा पाएको भए यहाँ हुन्न थिएँ । भागिसकेको हुन्थेँ,’ उनले भने । आफ्नो पछि विधर्मी विदेशी शक्ति लागेको प्रसंग पनि उनले बयानका क्रममा उप्काए ।

विदेशी शक्ति आफूलाई बदनाम गराउन लागिपरेको उनको दाबी थियो । ‘म तपस्वी हुँ । मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरेका छन् । उनीहरू मलाई बदनाम गराउन चाहन्छन् । ममाथि लागेका विभिन्न आरोप यसैका उदाहरण हुन्,’ उनले भने । आफूलाई पक्राउ गरेको सम्बन्धमा भने उनले प्रहरीलाई धन्यवाद दिए । पक्राउपछि आफ्नो कुरा राख्न पाएको भन्दै उनले खुसी व्यक्त गरेका थिए । 

See More On

सुझावित समाचार