ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा शाखा सञ्चालनमा ल्याएको हो ।
यी दुई शाखाले सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउन सुरु गरिसकेको जनाइएको छ । बैंकले हाल देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरिसकेको जनाएको छ । हाल बैंकले देशभर तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क–वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका देशबाट रेमिट्यान्स भिœयाउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याइरहेको जनाएको छ ।