बंगलादेशका क्रिकेट अलराउन्डर सकिब बने सांसद

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

बंगलादेश क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर सकिब अल हसन सांसद बनेका छन् । बंगलादेशको संसदीय निर्वाचनमा उनले विपक्षीलाई डेढ लाख भोटले पराजित गरी सांसद बनेको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएको छ । 

सकिबले प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट मगुरा पश्चिम सहरमा चुनावमा सहभागी भएका थिए । सांसदमा निर्वाचन भएपछि सकिवको एक भिडियो भाइरल बनेको छ । चुनावी अभियानमा उनले एक समर्थकलाई चड्कन हानेका थिए । 

फरिदपुरमा ३ जनवरीमा चुनावी ¥यालीमा सहभागी हुने क्रममा एक समर्थकले उनको सेल्फी लिन प्रयास गरेका थिए । तर, सकिव सेल्फी दिन मानेनन् । ती समर्थक जसरी पनि सेल्फी लिने प्रयासमा थिए । 

सन् २००३ को एकदिवसीय विश्वकपमा खराब प्रदर्शन भएपछि सकिवले चुनाव लड्ने घोषणा गरेका थिए । वर्तमान समयकै राम्रा अलराउन्ड मानिने सकिवले विश्वकपमा नेतृत्व गरेका थिए । 

बंगलादेश तालिकाको आठौँ स्थानमा परेको थियो । समूह चरणबाटै बाहिरिएको बंगलादेशका लागि सकिवले सात खेलमा एक सय ८६ रन जोडेका थिए । उनले सात विकेट लिए । विश्वकपमा उनले एक अर्धशतकीय इनिङ्स खेलेका थिए ।

सुझावित समाचार