वनबाट पात टिपेर ट्याक्टरमा फर्किँदै गर्दा भएको दुर्घटनामा दाङमा २८ जना यात्रु घाइते भएका छन् ।बुधबार साँझ सवा ५ बजेतिर लु.२त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए ।
घाइते हुनेहरू सबै गढवा गाउँपालिका– ४ पर्साका रहेको प्रहरीले बताएको छ । दुर्घटनाका घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
गाडीचालक गढवा गाउँपालिका– ४ पर्सा बस्ने करिब ३४ वर्षीय आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।