एक्सरसाइजका लागि जिम सेन्टर नै जानुपर्छ भन्ने छैन, घरमा पनि गर्न सकिन्छ । जाडो मौसममा साँझ–बिहानको समय घरबाट निस्कन मन लाग्दैन । तर, घरेलु सामान प्रयोग गरेरै घरमै पनि एक्सरसाइज गर्न सकिन्छ । कतिपय अवस्थामा त्यस्ता घरेलु सामग्रीको उपयोगिता नहुन पनि सक्छ । यसका लागि जिम सेन्टरमा हुने सामग्री घरमै किनेर पनि ल्याउन सकिन्छ ।
आवश्यक सामग्री
- चेस्टका लागि गरिने यो एक्सरसाइजमा एउटा फ्लाट र इन्क्लाइन बनाउन मिल्ने बेन्चको आवश्यकता पर्दछ । यो एक्सरसाइज बेन्चमा सुतेर मिनिरल वाटरको बोटलमा पानी भरेर वा डम्बलको मद्दतले गर्न सकिन्छ ।
- आवश्यकताअनुसार कोकाकोलाको जम्बो बोटलमा पानी भरेर बढाउन सकिन्छ । यो मिडल चेस्ट र अपर चेस्टका लागि उपयोगी हुन्छ । साथै यस बेन्चबाट चेस्टका लागि चाहिने अन्य व्यायामहरू डम्बल फ्लाई, डम्बल पुलओभरलगायत थुप्रै व्यायाम गर्न सकिन्छ ।
- चेस्टबाहेक अन्य व्यायामहरू जस्तै ब्याक, सोल्डरका व्यायामहरू पनि वाटरबोटल, डम्बल र बेन्चको मद्दतले घरमै गर्न सकिन्छ । यदि घरमा केही मात्रामा सामान राख्न मिल्ने ठाउँ छ भने चार फिटको बार र केही वेट प्लेट राख्न सकेको खण्डमा जिम नगई घरमा नै सम्पूर्ण शारीरिक व्यायाम गर्न सकिन्छ ।
- समय तालिका मिलाएर एक्सरसाइज गर्नुपर्छ । जस्तैः आइतबार ब्याक, सोमबार चेस्ट, मंगलबार सोल्जर आदि छुट्टाछुट्टै बडी पार्टको व्यायाम गर्दा नतिजा सकारात्मक निस्कने भएकाले सोहीअनुसार गर्दा राम्रो हुन्छ ।
- डम्बेल, प्लेट, बार, वाटरबोटल र बेन्चबाट विभिन्न किसिमका व्यायाम गर्न सकिन्छ । अतः घरमै गर्ने व्यायाममा यी महत्वपूर्ण सामान हुन् ।
- घरमा व्यायाम सुरु गर्दा आफूलाई कुनै किसिमको शारीरिक समस्या छन्–छैनन् निक्र्याेल गरेर गर्दा राम्रो हुन्छ । साथै वेट लस, वेट गेन वा अन्य केका लागि गर्न लागेको हो ? त्यसबारे जानकारसँग सल्लाह लिएर गर्दा राम्रो हुन्छ ।