नेप्से परिसूचकमा ८.७५ अंकको गिरावट

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ८.७५ अंकले घटेर दुई हजार ६०.१५ को विन्दुमा कायम भएको छ ।
       
आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर एक लाख दुई हजार नौ सय पाँचपटक खरिद–बिक्री हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैयाँबराबरको कारोबार भएको छ ।
       
आजको कारोबारपछि बैंकिङ समूहको उपसूचक ०.०१, विकास बैंक ०.१०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान १.०७ र व्यापार समूह ०.४५ अंकले बढेको छ । जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै १.७२ प्रतिशतको गिरावट देखिएको छ । 

त्यस्तै, वित्त ०.८०, होटेल तथा पर्यटन १.६७, जीवन बिमा १.५८, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.३१, निर्जीवन बिमा ०.७५ र अन्य समूह ०.३२ प्रतिशतले घटेको छ ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.०९ प्रतिशतले घटेको छ ।
       
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २० करोड १३ लाख ७३ हजार ६ सय ६२ रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको चार लाख ३७ हजार २७ कित्ता सेयर किनबेच भएको छ । (रासस)

सुझावित समाचार