लुम्बिनीमा विषयगत समितिका सभापतिको निर्वाचन स्थगित

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण
लुम्बिनीमा विषयगत समितिका सभापतिको निर्वाचन स्थगित

फाइल तस्बिर

लुम्बिनी प्रदेशमा विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ। प्रदेश सभासचिव दुर्लभकुमार पुनका अनुसार १७ पुसलाई तोकिएको निर्वाचन स्थगित गरिएको हो। 

आइतबार सूचना जारी गरी अर्काे सूचना नआउँदासम्मका लागि निर्वाचन स्थगित गरिएको सचिवालयले जनाएकाे छ। प्रदेशका ६ वटा विषयगत समितिले अझै पनि पूर्णता पाउन सकेका छैनन्। 

सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिले सभापति पाउन सकेका छैनन्।

समितिका सदस्यको भने ३० असारको प्रदेश सभा बैठकले टुंगो लगाएको थियो। 

सुझावित समाचार