बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
गृहका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार डिआइजी लालमणि आचार्यको नेतृत्वमा गठित समितिमा काठमाडौंका सहायक प्रमुख जिल्ला अमरदिप सुनुवार, उपअनुसन्धान निर्देशन बासु सिग्देल सदस्य छन्।
बालकुमारी झडपमा दुईजनाको मृत्यु भएको छ। किस्ट अस्पतालमा उपचाररत दैलेखका सुदन राउत र पाटन अस्पतालमा उपचाररत डाेटीका वीरेन्द्र शाहको मृत्यु भएको छ।
राउतको छातीमा चोट लागेर र शाहको गोली लागेर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। प्रहरीले अहिलेसम्म ६६ जनालाई नियन्त्रणमा लिएको छ भने १० जना सामान्य घाइते छन्।