क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘‘हेर्दाहेर्दै’ मा राखिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।
क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। अदालतमा सन्दीपविरुद्धको मुद्दाको पेसी पटक–पटक सर्दै आएको छ।