कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा कांग्रेसलाई हिँडाउन सके प्रजातन्त्र थप सुदृढ हुनेछ : देउवा

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा पार्टीलाई हिँडाउन सके प्रजातन्त्र थप सुदृढ हुने बताएका छन्।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आइतबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

भट्टराईको सादा जीवन र त्यागको चर्चा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘उहाँ निर्लोभी, कुनै पनि बदनामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो। उहाँले देखाएको बाटोमा पार्टीलाई हिँडाउन सके प्रजातन्त्र थप सुदृढ गर्न सकिनेछ।’

नेता भट्टराईका विषयमा थप खोजी हुनुपर्ने र पुस्तक लेखिनुपर्ने देउवाको भनाइ थियो।

फरक प्रसंगमा उनले पछिल्लो समय गणतन्त्र कमजोर बनाउन विभिन्न खाले गतिविधि भइरहेकोमा चिन्ता व्यक्त गर्दै यस्ता विषयमा ध्यान दिनुपर्ने र गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्नुपर्ने बताए।

उनले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् ।
 

सुझावित समाचार